कात्तिक २८, काठमाडौँ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका बागमती , बिष्णुमति लगाएत नदी किनारमा रहेको सुकुम्बासी बस्ती खालि गर्न सूचना जारी गरेको छ ।
नदी किनारामा बनाइएका अनाधिकृत घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन आज शुक्रबार एक सुचना जारी गर्दैै समितिले १० दिन समय दिएको हो । समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरुसँगको सहयोगले लिएर भत्काउने बताएको छ । समितिले सुचना अटेर गरि संरचना नहटाए अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी समेत दिइएको छ ।
जारि सुचना यस्तो छ –