आज :

युक्रेनमा फेरि रुसी मिसाइलको बर्षाः रुसद्वारा युक्रेनसँगको खाद्यान्न सम्झौता रद्द, युरोपमा भोकमरी

  • अनलाइन डबली

काठमाडौँ । रुसले फेरि युक्रेनमा हमला बढाएको छ । पछिल्लो २४ घण्टामा राजधानी किभ वरपरसहित देशका मुख्य शहरमा रहेका युक्रेनी फौजमाथि रुसले मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युक्रेनी फौजले  अमेरिकाले दिएको ड्रोनबाट ब्ल्याक सी मा रुसी जहाजमाथि हमलाको प्रयास गरेको थियो । त्यस्तै, जोपोरिजियास्थित ऊर्जा केन्द्रमा युक्रेनले क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफस्वरुप रुसी सेनाले एकै पटक दर्जनौं मिसाइल प्रहार गरेको बताइएको छ ।

अधिकारीहरुलाई उदृत गर्दै रुसी संचारमाध्यमहरुले युक्रेनी फौज र अमेरिका तथा पश्चिमा देशहरुले दिएका हतियार गोदामलाई निसाना बनाएर हमला गरिएको हो । हमलाबाट युक्रेनतर्फ ठूलो क्षति भएको दाबी गरिएको छ । युक्रेनी फौजले क्रिमिया पुलमाथि गरेको हमलाको जवाफ रुसले एकै पटक राजधानी किभसहित १२ सहरमा मिसाइल प्रहार गरेको थियो । एकै दिन एक सयभन्दा बढी मिसाइल प्रहारबाट युक्रेनको ठूलो क्षति हुन पुगेको थियो । युक्रेनले फेरि ब्ल्याक सीमा रहेका जहाजमाथि हमला गरेर रुसलाई जिस्काएको छ ।

यसैबीच रुसले युक्रेनसँगको खाद्यान्न सम्झौता स्थगित गरेको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले युद्धकै बीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतामा आफ्नो सहभागितालाई स्थगन गरेको जनाएको छ । युक्रेनले शनिबार ब्ल्याक सीमा ड्रोन हमलापछि रूसले अनिश्चितकालका लागि उक्त सम्झौता स्थगन गरेको हो ।

संयुक्त राष्ट्रसंघका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्वीटमा रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुनिश्चितता गरिएको जनाएका छन् । उनले संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसलाई यसबारे चाँडै नै आधिकारिक रूपमा सूचित गरिने समेत जनाएका छन् ।

उक्त सम्झौताले ‘ब्ल्याक सी’का तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको थियो । संयुक्त राष्ट्रसंघ सहित विश्वभरबाट युक्रेनी खाद्यान्न सप्लाई नरोक्न गरेको आग्रह अनुसार रुसले उक्त सम्झौता गरेको थियो । तर, युक्रेनी फौजले ब्ल्याक सी मै अमेरिकी ड्रोन हमलाको गरेपछि रुस पछि हटेको हो ।

योसँगै युरोपसँगै विश्वभर भोकमरीको समस्या बढ्ने अनुमान गरिएको छ । सम्झौता स्थगित गरेसँगै खाद्यान्नको मूल्य बढेको छ । युक्रेनसँग गरेको उक्त सम्झौता सकिन एक महिना बाँकी रहेको थियो । यो बीचमा पनि युक्रेनले हजारौं टन खाद्यान्न सप्लाई गर्न सक्ने थियो । युक्रेन र रुस विश्वका सबैभन्दा धेरै खाद्यान्न निर्यातकर्ता हुन् ।

जाडो मौसम सुरु भइसकेको छ । रुसले ग्यास सप्लाई सुचारु गरेको छैन । यसको प्रत्यक्ष असर युरोपमा पर्छ । युरोपका लाखौं मानिसहरु जाडो र भोकले मर्न सक्ने बताइएको छ । अहिले पनि आधा भन्दा बढी युक्रेनमा विद्युत आपूर्ती बन्द छ । पछिल्लो मिसाइल हमलाको क्षतिको विवरण युक्रेनले नगरेपनि ठूलो क्षति भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal