नेपालभाषा ( नेवार भाषा )को गीत संगीत क्षेत्रमा बिगतमा निकै चर्चामा रहेकि गायिका जुनु श्रेष्ठको लामो समय अन्तरल पछी एकल म्युजिक भिडियो एल्बम सार्वोजनिक भएको छ ।
निकैनै चर्चित उनका नेपालभाषा गीत लुमंका च्वना जिं , जिगु नुगलय् , समा याना , मन जिगु उइं जुल
गीत संगै नेपाली भाषामा मेरो चुपचाप को अर्थ र पछ्याउँदै मेरा दिनहरु समावेश गरिएको ” जुनु ” नामको म्युजिक भिडियो एक कार्येक्रम बीच बिहिबार सार्वजनिक भएको हो। वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र चर्चित गाएक दिप श्रेष्ठले संयुक्त रुपमा उक्त एल्वम सार्वजनिक गर्नु भयो।
यस एल्बममा जि शाह , जनकवि दुर्गालाल श्रेष्ठ , बद्रि वेदना , सरला श्रेष्ठ र गोविन्द हिउमत लगाएको रचना रहेको छ भने गीतमा अग्रज संगीतकार गोविन्द हिउमत , दिपेन्द्र मान सिंह , अनिल शाही लगाएतका सुमधुर संगीत रहेका छन्। जिवित जल्मीको यस एल्बममा म्युजिक एरेन्ज रहेको छ। वरिष्ठ
हास्य कलाकार मदनकृष्ण श्रेष्ठले जुनु श्रेष्ठले आफ्नो जीवनकालमा सुख र दुखःका अनगिन्ति अनुभव बटुलिसकेकी भएका कारण त्यसको राम्रो प्रभाव उनको स्वरमा देखिएको विचार ब्यक्त गर्नु भयो।
यसै गरि अग्रज गायक दिप श्रेष्ठ र संगीता राना प्रधाले लामो समयको अन्तराल पछि पुनः सांगीतिक क्षेत्रमा प्रवेश गरेको जुनुलाइ शुभकामना दिनु भयो ।
कार्यक्रममा सार्वजनिक गरिएका ६ वटा मध्य सामाजिक संजाल युट्युवमा शुक्रबार २ वटा मन जिगु उइं जुल र लुमंका च्वना जिं सार्बजनिक भएका छन् । अन्य ४ वटा क्रमस युट्युबमा अपलोड गरिने गायिका श्रेष्ठले बताउनु भयो ।
( तल भिडियोमा क्लिक गर्नु होला )