आज :

भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए। यसैबीच हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् ।

बाढी ग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ ।

बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ । बाढीपछि प्रभावित केही क्षेत्रमा डेंगुको प्रकोप बढेको छ ।

पाकिस्तानमा अहिलेको अवस्था आफूले कहिल्यै नदेखेको उनले बताइन् । ‘मैले यस्तो कहिल्यै देखेकी थिइन’, प्रभावित क्षेत्रका बासिन्दासँग जोलीले भनिन् ।

जोलीले यसअघि सन् २०१० को बाढी र २००५ को विनाशकारी भूकम्पका पीडितहरुलाई भेट्न पाकिस्तान गएकी थिइन् । जलवायु परिवर्तनले अहिलेको अवस्था सृजना गरेको उनले संकेत गरिन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त को प्रतिनिधित्व गर्ने जोलीले दक्षिणी सिन्ध प्रान्तको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal