काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ ।
आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो ।
यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको छ ।
जसअनुसार कुल मतदाता संख्या १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ। आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ ।
यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।