आज :

प्रचण्ड-केपीलाई चिनियाँ राष्ट्रपतिको सन्देश- चुनावमा मिलेर जानुस्, हामी सहयोग गर्छाैं

  • अनलाइन डबली

काठमाडौं । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मिल्न सुझाव दिएका छन् । लीले प्रचण्ड र ओलीलाई मंगलबार विहान नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गरेका थिए ।

लीले पहिले प्रचण्डसँग र पछि ओलीसँग भेट गरेका थिए । भेटमा नेपाल र चीनबीचको सम्बन्ध, विकसित राजनीति घटनाक्रम, दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् । भेटमा माओवादी र एमालेका अन्य नेताहरु पनि सहभागी भएका थिए ।

भेटमा अध्यक्ष लीले राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रचण्ड र ओलीलाई सुनाएको बताइएको छ । भेटको क्रममा लीले नेपालका कम्युनिस्टहरु एकजुट हुनुपर्ने सुझाव समेत दिएका थिए । उनले प्रचण्ड र ओली फरक फरक भेटमा फेरि मिल्न सक्ने अवस्थाबारे पनि जिज्ञासा राखेका थिए । भेटमा सहभागी एक नेताका अनुसार अध्यक्ष लीले नेपालमा कम्युनिस्टको स्थिर सरकार बने आफूहरु विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए । ‘तपाईँहरु मिलेर चुनावमा जानुस्, स्थिर सरकार बनाउनुस, हामी सहयोग गर्छौं’ अध्यक्ष लीले भने । यो कुरा राष्ट्रपति सी कै भएको समेत बताइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका लीले भने प्रचण्ड र केपीसँग पार्टीको तहमा र प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटा, परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा सरकारको तर्फबाट कुरा गरेका बताइएको छ ।

आज लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन पनि गर्नेछ। चङ्शूको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य कर्मचारीसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल हाल नेपालमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी बिहीवार स्वदेश फर्कने छन्।

ली चिनियाँ राष्ट्रपति सी चिनफिङ पछि नेपाल भ्रमण गर्ने उच्च नेता हुन् । उनी पार्टीमा तेस्रो र सरकारमा दोस्रो बरियताका नेता हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal