आज :

इन्द्रचोक स्थित आजु द्य: (आकाश भैरव )को प्रसिद्द आख्यान यस्तो छ

  • बुद्धशरण शाही

आकाश भैरव आजु द्य : बंघ ( चाँदीको गाग्रो ) सहित स्थापित इन्द्रचोकको आकाश भैरव आजुद्योलाई नेपालका प्रथम किराँती राजा यलम्वरको टाउको मानी पुज्ने परम्परा छ । यलम्बर चोक पनि भनिन इन्द्रचोकमा स्थापित आकाश भैरवबारे एक प्रसिद्ध आख्यान छ । कुरूक्षेत्रको महाभारत युद्धमा कौरव र पाण्डवमध्ये जो कमजोर हुन्छ ,, उसैको पक्षमा लडिदिने निधो गरी यलम्बर नेपालको प्रतिनिधित्व गर्दै हिन्दुस्तान पुगे । जस्तोसुकै युद्धमा पनि नहार्ने यलम्बर जो हार्छ उसको पक्षमा लडिदिए महाभारत युद्ध कहिल्यै अन्त्य नहुने कुरा थाहा पाई बाठा कृष्णले यलम्बरलाई जालझेलमा पारी टाउको काटिदिएछन् । आफ्ना राजाको दुर्गतिबाट दुःखी किराँतीहरूले इन्द्रचोकमा तीनतले नेपाली घरशैलीको मन्दिर निर्माण गराई यलम्बरको टाउको प्रतिष्ठापित गराएको मान्यता छ । ने.सं. ६६८ को अभिलेख प्राप्त आकाशभैरव , ने.सं .४ र १०५४ मा जीर्णोद्वार भएको ज्ञात हुन्छ । स्थानीय ज्यापूहरू आफूलाई किराँत भन्दछन् ।

इन्द्रचोक र तीन महादेव मन्दिर : आकाश भैरवलाई केन्द्रविन्दु पारी इन्द्रचोकको इराकी ( राखी ) बजारमा शिखरशैलीको राखी महादेव ( ने.सं. ८८८ तिर ने.सं. ९ ५३ अभिलेख सहित ) शिवसहितको ब्रम्हा मन्दिर भेंडासिंहतिर ठडिएको चारमुखे महादेव तीनवटा प्रख्यात महादेवको मन्दिर रहेको छ ।

 

नेपाल मण्डल सम्पदा बात 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal