काठमाडौं । कमेडियन अपूर्व क्षितिज ११ औ दिन पछी आज प्रहरी हिरसतबात रिहा भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार अपूर्वलाई कोरोना पुष्टि भएपछि उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी साधारण तारिखमा रिहा गरिएको हो ।
नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रितीति रिवाजको कमेडि सो को नाममा अपमान गरी समुदायकै मजाक बनाएपछि चर्को विरोध भएको थियो ।
नेवाः अभियान्ताहरुले अपूर्वलाई पक्रा गरी कार्वाहीको माग गर्दै महानगरीय परहरी परिसर काठमाडौँमा उजुरी गरेपछि उनले भदौ १२ मा स्वयं प्रहरी समक्ष उपस्थित भएका थिए ।
प्रहरी परिसर काठमाडौँ टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाइ अनुमति दिएको थियो ।