आज :

संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने दाबी गरेका छन् ।

मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए ।

उनले मङ्सिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने पनि बताए । ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन ।’

अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको पनि बताए । ‘कार्यदलमा आज टुङ्ग्याउने भनेर काम गरिरहनुभएको छ । भोलि हामी त्यसलाई अन्तिम रूप दिन्छौँ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

उनले सिट सङ्ख्यामा आ–आफ्नै दाबी हुने भए पनि कांग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको बताए ।

त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेसपामा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने बताए ।

‘हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला, त्यसैमा सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ । यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर मिलेको जति मिलाउने नमिलेको स्थानमा शीर्ष बसेर मिलाउने कुरा छ ’, प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal