भद्रा ९ ,काठमाडौँ । राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा ) शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि बिषय र जात्रालाई ब्यबस्थित गरि सम्पन्न गर्ने बारे भिभिन्न गुठि , सामाजिक संग सस्था संग प्रहरी निकाय बीच छलफल भएको छ । इन्द्रजात्र ब्यबस्थापन समिति ,जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बिहिबार भएको कार्यक्रममा जात्रहुने स्थान काठमाडौँ महानगर पालिकाको भित्रि शहर ( माथिल्लो र तल्लो टोल )का २९ वटा गुठि , सामाजिक संग सस्था र प्रहरी निकाय बीच जात्रा ब्यबस्थापनका बारेमा बृहत छलफल भएको हो ।
महानगरीय प्रहरी परिसर प्रमुख वरिस्ठ उपरिक्षक बसन्त बहादुर बोहराले सकारत्मक सोच भित्र रहेर जात्रा मनाउन सबैमा आग्रह गर्नु भयो । वरिस्ठ उपरिक्षक बोहराले भन्नु भयो ‘ राष्ट्रीय पर्वको रुपमा मनाइने यो पर्बमा सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारीताका साथ भूमिका खेल्ने हो,भने शान्ति पूर्ण तरिकाले हाम्रो मौलिक जात्र सम्पन्न गर्न सक्छौ ’ । साथै उहाले प्रहरीले सेवा ग्राहीलाइ दिने सेवामा छिटो छरिटो बनाइने गरि आफ्नो मतहका सबै कार्यालयहरुलाइ निर्देशन दिइ सकेको बताउनु भयो ।
विभिन्न गुठि , सामाजिक सस्थाका प्रतिनिधिले सो छलफल कार्यक्रममा जात्रा अवधि भरि ट्राफिक ब्यबस्थापन मिलाउन आग्रह गरे । उनुहरुले जात्रा अवधिमा विभिन्न अवान्छित गतिविधि हुन् नदिन प्रहरी निकायले गुठि , सामाजिक सस्था संगै मिलेर जिम्मेवारी भूमिका निर्वाह गर्ने बिस्वास गरे ।