काठमाडौँ उपत्यकाको उत्तरी नेवा: सभ्यताको पुरानो शहर टोखाको साँस्कृतिक र मौलिकतालाइ संस्कृति सम्पदा संरक्षण दबू काे पहलमा स्थानीय जनप्रतिनिधि साथै सांस्कृतिक अगुवाहरूले विभिन्न जात्रा पर्वहरुलाई ब्यबस्थित र एकिकृत बनाउने प्रयासको थालनी भएको छ । दबुले आज “कृष्ण जन्माष्टमी”को अवसरमा रथाराेहण गरेर जात्रा गरि विभिन्न ६ वटा दाफा र भजन खलःहरुलाइ एकैपटक भाेलि एकै समय “कृष्ण जात्रा” गर्न “द्यःखः” ( देवताको खत ) बनाएर सम्बन्धित हस्तान्तरण गरेका छन् ।
सस्कृति दबुका अध्क्ष्य मणि डंगोलले टोखाको मौलिक परम्परा , सस्कृतिलाइ सम्रक्षण गरि आन्तरिक तथा बाहिय् पर्येतकलाइ आकर्षण गर्ने वाताबरण बनाउनु पर्ने बताउनु भयो । सबैभन्दा लामो मनिनी चतुर्मास भजन टोखामा प्रत्यक बर्ष श्रावण कृष्ण चतुर्दासी देखी हरेक रातिको समय चार महिना सम्म संचालन गरिने परम्परा रही आएको छ ।
कार्येक्रममा जनस्तर बात “द्यःखः” ( देवताको खत ) निर्माण गर्न सहयोग गर्ने बिभिन्न महानुभावलाइ सम्मान गरिएको छ ।