आज :

युक्रेनको १२ लाख ४० हजार करोड डलरको प्राकृतिक स्रोत रुसको कब्जामा, यूराेप नै टाट पल्टिने 

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका मुख्य सहरसँगै प्राकृति स्रोतहरुमाथि पनि रुसले एकपछि अर्को कब्जा गर्दै गएको छ । अमेरिकाले दिएको मिमार्सलगयातका हतियारले युक्रेन प्रतिवाद गरिरहेपनि अधिकांश क्षेत्र रुसको नियन्त्रणमा गइसकेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले युक्रेनको १२ लाख ४० हजार करोड डलर बराबरको स्रोत कब्जामा लिइसकेको छ । ऊर्जा, खनिज, यूरोनियम, कोइला, प्राकृतिक ग्यासलगायतका प्राकृतिक स्रोतहरुमाथि रुसले कब्जा जमाइसकेको छ ।

रुसी सेनाले अहिलेसम्म सबैभन्दा धेरै ६० प्रतिशत कोइला, ११ प्रतिशत तेल, २० प्रतिशत ग्यास, ४२ प्रतिशत धातु, ३३ प्रतिशत रेयर, ४१ कोल फिल्ड, २७ ग्यास साइड, १४ प्रतिशत प्रोपेन साइट्स, ९ प्रतिशत आयल फिल्ड पनि रुसी सेनाले कब्जामा लिइसकेको छ । युक्रेनकी टाट पल्टाइ सुरु भइसकेको छ । रुसले ब्ल्याक सीको जलमार्गबाट अन्न सप्लाई खुला गरेपछि युक्रेनलाई केही राहत पुगेको छ ।

यो टाट पल्टाइ युक्रेनको मात्रै नभएर सिंगो यूरोपको हुन सक्ने बताइएको छ । यूरोपमा अन्न र उर्जाको लागि भरपर्दाे आधार युक्रेन हो । यूरोपले रुससँग आयत गरेर जीवन धानेको थियो । अहिले रुसले ग्यास सप्लाई बन्द गरेपछि एकपछि अर्को यूरोपमा संकट बढ्दै जान थालेको छ । यही कारणले बेलायत र इटलीमा सरकार ढलेका छन् ।

रुसले युक्रेनका टाइटेनियम, जिरकोनियम, स्ट्रान्टियम, लिथियम, पूरेनियम, गोल्ड साइडलगायत प्राकृतिक स्रोत र अन्न भण्डारहरु कब्जामा लिइसकेको छ । युक्रेनको ६० प्रतिशत भूभाग पनि रुसकै कब्जामा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय रक्षा विज्ञ विनोद दत्ताले युक्रेनले रुससँग लडेर सक्दैन । युद्धविरामको अवस्थामा लिन प्रयास गर्नुपर्ने बताउँछन् । उनले जेलेन्स्की अझै आफ्नो बास्तविक धरातलभन्दा उरुबाटै उचालिरहेको दाबी समेत गरे । युद्ध जति लामो लिए पनि युक्रेनले रुससँग जित्न नसक्ने बताउँदै दत्ताले रुससँग युद्धविराम गर्न सके जेलेन्स्कीको जित हुने बताए ।

रुसले स्वतन्त्र गणराज्य घोषणा गरेका लुहान्स्क र डोनेट्स्क पनि पूरै युक्रेनको पकडबाट मुक्त भइसकेका छन् । डोनबासबाट युक्रेनी सेना फिर्ता भइसकेको छ । युक्रेनले अहिले पश्चिमा देशहरुले दिएका लामो दूरीका हतियारबाट डोनबास क्षेत्रमा हमला गरिरहेका छ । उक्त महलाबाट स्थानीय हताहती भएको समाचार अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । केही दिन पहिले युक्रेन युद्धबन्दी राखिएको जेलमा हमला गर्दा ५३ जना बन्दकीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal