काठमाडौँ । युक्रेनको मध्यभागमा रूसले रातभर भिषण गोलाबारी गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् ।
जापोरिज्जिया युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् । रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना सार्वजनिक भएको हो ।
त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध वि ष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘क्रिमिया युक्रेनी भूभाग हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं’, उनले भने । क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो ।
यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।
यसैबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन् ।
उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं ।’ रुसले पछिल्लो समयमा युक्रेनी संरचनामा विस्फोटका शृंखला घटाएको छ ।
एक शीर्ष युक्रेनी सल्लाहकारले रुसी हवाई आधारमा भएको विस्फोटमा युक्रेन जिम्मेवार नभएको बताएका छन् । क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो ।
तर, सन् २०१४ मा एक जनमत संग्रह पछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।