आज :

सपथसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित, अब ‘त्यो पर्दैन’ भन्न नपाइने….

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।

सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो ।

सो ऐन कार्यान्वयनमा आएपछि अब सपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ खान सक्ने विकल्प राखिएको छ । यसअघि खाने सपथमा ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो । इश्वरको नाममा भन्न नचाहनेहरुले देश र जनताको नाममा भनेर सपथ खाने गर्दथे ।

साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग सपथ लिने बेला सपथमा रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्द उच्चारण नगरी त्यो पर्दैन भनेका थिए । सपथ लिने बेला ओलीको सो व्यवहारको व्यापक आलोचना भएको थियो ।

संघीय संसदबाट पारित भएको विद्येयकको अनुसूचीमा राखिएको पद तथा गोपनीयताको ढाँचामा पनि प्रतिज्ञा गर्दै भन्ने शब्द राखिएको छ । सोही ढाँचा अनुसार सपथ खानुपर्ने विधेयकमा व्यवस्था रहेको छ । अर्थात् अब सपथ लिँदा ‘त्यो पर्दैन’ भन्न पाइने छैन !

यस्तै प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पनि पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।

पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal