आज :

तेल डिपोमा चट्याङ लाग्दा भयानक विस्फोट, एकको मृत्यु

  • अनलाइन डबली

क्युबा । क्युबाको राजधानी हवानाबाट १०० किलोमिटर टाढा रहेको मतन्जस शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी हुँदा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट एक जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन् । आगो निभाउन प्रयोग भएका १७ अग्नि–नियन्त्रकहरु हराइरहेको रिपोर्ट आएको छ । चट्याङपछि लगत्तै ४ ठूलठूला विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

एक अधिकारीका अनुसार पेट्रोल ट्याङ्कीमा चट्याङ लागेर आगलागी सुरु भएको थियो । खराब मौसम र तिव्र बगिरहेको हावाका कारण आगो छेउका अन्य ट्याङ्कीमा फैलिन पुग्यो ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली आगो निभाउन खटिएको थियो । क्युबाली मिडियामा आएको खबर अनुसार पहिलो आगो लागेको ट्याङ्कीमा २६ हजार घनमिटर कच्चा तेल थियो । दोस्रो ट्यांकीमा ५६ हजार घनमिटर इन्धन थियो ।

दुर्घटनामा परी घाइते भएका १२० भन्दा बढी व्यक्तिमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीले बताए । मिडिया रिपोर्ट अनुसार आगलागी यति भयावह बनेको थियो कि आसपासका क्षेत्रबाट करिब १९०० मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

ठूलो आगजनी नियन्त्रणमा लिनको लागि क्युवाली सरकारले छिमेकी राष्ट्रहरूसँग सहयोग मागेको छ । मेक्सिको र भेनेजुएलाले आफ्ना अग्निनियन्त्रक टोलीहरू क्युबा पठाएको छ । अमेरिकाले पनि प्राविधिक सल्लाह दिएको छ ।

क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानालले सहयोगका लागि मेक्सिको, भेनेजुएला र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।

मुलुकमा इन्धनको गम्भीर संकट
क्युबा पछिल्लो समय गम्भिर इन्धन संकटसँग जुधिरहेको छ । दैनिक लामो लोडसेडिङ नियमितको दैनिकी भईसकेको छ । केही स्थानमा १२ घण्टासम्म बिजुली जाने गरेको छ । यस्तो अवस्थामा तेल डिपोमा लागेको आगजनीले स्थिति थप बिगार्न सक्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal