कामठाडौँ । चीनलाई चुनौती दिँदै अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान पुगेकी छन् । पलोसीले ताइवान भ्रमण गर्ने सार्वजनिक भएदेखि नै चीनले विरोध गर्दै आइरहेको थियो । चीनको चुनौतीको बेवास्ता गर्दै पलोसी मङ्गलवार मलेसिया हुँदै ताइवान पुगेकी हुन् ।
ताइवानका अधिकारीहरुले पलोसी सवार विमान सुरक्षित अवरण गरेको छ । ताइवानका प्रधानमन्त्री सू जेन–चाङले टापुले कुनै पनि विदेशी पाहुनालाई न्यानो स्वागत गर्ने र कुनै पनि आगन्तुकका लागि सबैभन्दा उपयुक्त व्यवस्था गर्ने बताएका थिए ।
पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन । तर अमेरिकाले ताइवानलाई चीनविरुद्ध उभ्याउन पलोसीले भ्रमण गरेकी हुन् । उनी दशकौँपछि उच्च अमेरिकी अधिकारी हुन् । पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् । पलोसीको भ्रमणलाई लिएर चिनियाँ र अमेरिकी राष्ट्रबीच फोन वार्ता समेत भएको थियो । उक्त वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले कडा चेतावनी दिएका थिए ।
पलोसी ताइवान पुगेपछि चीनले अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन् । उनले भनिन्, “चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।”
केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पेलोसीको भ्रमणले युद्धको चुनौती दिएको भन्दै चिनियाँ जनमुक्ति सेनाले सर्वोच्च कमाण्डर तथा राष्ट्रपति सी चिनफिङसँगको आदेश मागेको बताएका छन् ।
पलोसीको भ्रमणले चीन र अमेरिकाबीचको बिग्रदै गएको सम्बन्ध युद्ध नजिक पुगेका छन् । चीनले ताइवानमा हमला गर्न सक्ने बताइएको छ । पलोसी ताइवान पुगेसँगै ताइवानको सीमा क्षेत्रमा चीनका युद्धक विमानहरू उडिरहेका छन् । चीनले ताइवान छुट्ट्याउने प्रयास नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ ।
ताइवानका सैनिकहरूले पनि केही दिन पहिलेमात्रै युद्धको अभ्यास पनि गरिरहेका थिए । चिनियाँ जनमुक्ति सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू कुनै पनि परिस्थितिका लागि तयार रहेको जनाएको छ । उता ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ । अमेरिकाले ताइवानलाई अलग देशको मान्यता दिएको छ भने अरु देशहरुले चीनकै अंग मान्दै आएका छन् ।
पलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एशियाको भ्रमण सुरु गरेकी हुन् । उनले हालसम्म सिङ्गापुर र मलेशिया भ्रमण गरिसकेकी छिन् भने दक्षिण कोरिया र जापानमा पनि समय निर्धारण गरिसकिएको छ । यद्यपि अमेरिकी र ताइवानी सञ्चारमाध्यममा उनी मङ्गलवार साँझ ताइवानमा उत्रने र बुधवार ताइवानी नेताहरूसँग छलफल गर्ने विवरणसहितका खबरहरू व्यापक रूपमा आइरहेका छन् ।
पलोसी भ्रमण निस्किएपछि चीनले वारसीप समुन्द्रमा तैनाथ गरेको छ । त्यसलाई काउन्टर दिन अमेरिकाले पनि ताइवान नजिक आफ्ना चारवटा वारशिप पठाएको छ । चिनियाँ लडाकु विमान सो क्षेत्रमा घुरिहेका छन् भने स्थलमा पनि सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
अमेरिकाले चिनलाई थप उत्तेजित बनाउन पलोसीले भ्रमण गरेको बताएको छ । यसअघि सन् १९९७ मा रिपब्लिकन पूर्व सभामुख न्यूट गिङ्ग्रिएचले ताइवानको भ्रमण गरेका थिए । त्यसपछि पहिलो अमेरिकी सैन्य विमानमा पलोसी ताइवान पुगेकी छन् ।