आज :

संसदीय विशेष समितिको प्रतिवेदनः प्रभाकर निर्दोष, अर्थ मन्त्रालय फर्किने !

  • अनलाइन डबली

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ निर्देश रहेको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन आजै प्रतिनिधिसभामा पेश गर्ने तयारी भइरहेको छ । समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाए लगत्तै सदनमा पेश गर्ने बताइएको छ ।

पुनः एक हप्ता म्याद थप गरेको समय पनि बिहीबार नै सकिएको थियो । समितिले शुक्रबार प्रतिवेदन तयार पारिसकेको थियो ।
संसद सचिवालयका अनुसार समितिका संयोजक लक्ष्मणलाल कर्ण दिउँसो तीन बजे सभामुखलाई प्रतिवेदन बुझाउने समय तय भएको छ । संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइने तय भएको हो ।

प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राख्ने, पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेश गर्ने तयारी छ ।
करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो ।

समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनी साउन ५ गते सात दिन समय थप भएको थियो ।
अर्थमन्त्रीमाथि लगाइएको आरोप समितिले पुष्टि नभएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्ष र नेपाली काँग्रेसकै केही सांसदहरुले अर्थमन्त्रीमाथि छानविनको माग गरेका थिए । सभामुखले विशेष छानविन समिति गठन गरेलगत्तै प्रभाकरले राजिनामा दिएका थिए ।
छानविनको क्रममा समितिले अर्थमन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, राजश्व विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो ।

यस्तै, अर्थमन्त्री शर्मासँग समेत साढे ३ घन्टा लामो बयान लिइएको थियो । तर, अर्थमन्त्रालयका सम्पूर्ण प्रतिनिधिसँग लिइएको बयानका क्रममा बजेट बनाउँदा लागेको आरोप पुष्टि गर्ने कुनै आधार भेटिएन । ‘बयानका क्रममा कुनै पनि प्रतिनिधिले बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिको संलग्नता रहेको स्वीकारेनन्,’ अर्का एक सदस्यले भने, ‘उनीहरू सबैले बजेट बनाउने क्रममा कोही पनि अनाधिकृत व्यक्तिको संलग्नता हुनै नसक्ने बताइरहे ।’

यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । तर, त्यसमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको समितिले निकर्ष निकालेको छ ।

समितिका एक सदस्यका अनुसार आरोप लागेका भन्दा फराकिलो हिसाबले छानविन गर्दा पनि कुनै प्रमाण भेटिएन । उनले भने, “आरोप पुष्टि नभएपछि शर्माजी निर्दोष सावित भएका छन् । यसबारे थप जानकारी सभामुखले संसदलाई गराउनुहुनेछ ।”

माओवादी केन्द्रका एक नेताले प्रभाकर निर्दोष सावित भएपछि मन्त्रालय फर्किने बताए । “छानविन समिति बनेपछि राजिनामा दिनुभएको थियो । आरोप पुष्टि भएन, स्वाभिक रुपमा मन्त्रालय पर्किनुहुन्छ” ती नेताले भने । तर प्रभारक मन्त्रालय फर्किन वा नफर्किने भन्नेबारे माअाेवादी केन्द्र र गठबन्धनले छलफल गरेकाे छैन । स्राेतका अनुसार प्रतिवेदन संसदमा पेश भएपछि यसबारे छलफल हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal