आज :

जेलेन्स्कीले २ अर्ब ४० करोड डलर भ्रष्टाचार गरेको खुलासा, विदेशमा बंगला र कम्पनी (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की महाभ्रष्ट भएको खुलासा भएको छ । पन्डोरा पेपर्सका अनुसार जेलेन्स्कीले २ अर्ब ४० करोड डलर भ्रष्टाचार गरेका छन् । उनले विदेशमा महंगा अपार्टमेन्ट र कम्पनीमा लगानी गरेको पनि खुसाला भएको छ । जेलेन्स्कीले लण्डन, इटली, अमेरिकाका विभिन्न बैंकमा जेलेन्स्कीले सम्पती लुकाएर लुकाएर राखेको बताइएको छ ।

त्यस्तै, जेलेन्स्कीले साइप्रस, बेलीज, ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी खोलेर लगानी गरेका छ्न । लण्डनमा रहेको एउटा अपार्टमेन्टमा जेलेन्स्कीको लगानी रहेको र २०२१ अकटोबरमा जेलेन्स्कीले भ्रष्टाचार गरेको रकम लुकाउन उक्त अपार्टमेन्टमा लगानी गरेको भन्दै विरोध प्रदर्शन समेत भएको थियो । प्रदर्शनकारीले जेलेन्स्की भ्रष्टाचारी लेखिएका व्यानर समेत टाँसेका थिए । जेलेन्स्की भ्रष्टाचार गरेको पैसाबाट क्राइमियामा महंगो अपार्टमेन्ट समेत खरिद गरेका थिए ।

जेलेन्स्कीको युक्रेनका विवादित व्यापारी कोलोमाइस्कीसँग चुनाव अघिदेखि नै सम्बन्ध छ । चुनाव प्रचारमा पैसा र सुरक्षा कोलोमाइस्कीले नै दिएका थिए । उनले जेलेन्स्कीलाई गाडीको समेत व्यवस्था गरेका थिए ।

अमेरिकाको २०२१ मार्चमा एक अदालतले जेलेन्स्कीका तिनै सहयोगी कोलोमाइस्कीले भ्रष्टाचारगरेको भन्दै प्रवेश निषेध गरेको थियो । तर, पनि जेलेन्स्कीले उनीसँगको सम्बन्ध झन् गहिरो बनाएका थिए ।

युक्रेनका विपक्षी नेता पेट्रो पोपोशेन्सकोले जेलेन्स्कीलाई तनै विवादित व्यापारी कोलोमाइस्कीको कटपुतली भएको आरोप समेत लगाउँदै आएका छन् । जेलेन्स्कीले तीनै विवादित उद्योगी ४१ बिलियन डलर दिएको पनि सार्वजनि भइसकेको थियो । तीनलाई आफ्नो कब्जामा ल्याउन सिपालु कोलोमाइस्कीले जेलेन्स्कीलाई पनि आफ्नो खल्तीमा राखेका छन् । उनकै आडमा उनले करछली गरिरहेको बताइएको छ ।

पन्डोरा पेपर्सले २०२१ को अक्टोरबमा सार्वजनिक गरकेो गोप्य दस्तावेजमा जेलेन्स्कीले भ्रष्टाचार गरी विदेशी भूमिमा लगानी गरेको तथा पैसा जम्मा गरेको खुलेको थियो । योसँगै युक्रेनमा उनिविरुद्ध चर्को विरोध समेत भएको थियो ।

अर्ब रकम विदेशमा लगानी र बंगला भएका जेलेन्स्की अन्तिमसम्म रुससँग लड्न नसकिए भागेर आफ्नो लगानी भएको देशमा जाने बताइन्छ । त्यही भएकाले देश र जनता भन्दा पनि इगो साट्न पश्चिमा देशहरुबाट हतियार मागेर रुससँग लडिरहेको भारतीय न्यूज १८ इन्डिया टिभीले प्रसारण गरेको रिपोर्टमा उल्लेख छ ।

भिडियो रिपोर्टः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal