आज :

गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग, आन्दोलनको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । अनेरास्वावियु (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर राष्ट्र बैंक संचालनको निम्ति बनेको ऐनअनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएमा गभर्नर नियुक्त हुन अयोग्य हुने व्यवस्था भएकोले अधिकारीलाई बर्खास्त गर्न माग गरेकी छन् ।

“नेपाल राष्ट्र बैंक संचालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ उपदफा (क) मा भनिएको छ, गभर्नर, डेपुटी गभर्नर तथा संचालक पदमा नियक्त व्यक्ति राजनीतिक दलका सदस्य वा पदाििधकारी भएका नियुक्त हुन अयोग्य हुनेछ भन्ने छ । उनले प्राप्त गरेको दलिय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, को उल्लेखित दफाको उलंघन गरी कानुको धज्जी उडाएको हुँदा तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं” जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी अध्यक्ष सिंहले राष्ट्रहितलाई तिलाञ्जली दिएर अमुक दलको कार्यकर्तालाई तत्काल बर्खास्त नगरे आन्दोलनेको आँधेविहरी सिर्जना गर्ने चेतावनी समेत दिएकी छन् ।

विज्ञप्तिः

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको सार्वजनिक भएसँगै चौतर्फी विरोध भइरहेको छ । उनको राजिनामाको माग गर्दै विरोध प्रदर्शन समेत सुरु भइसकेको छ ।

गभर्नर अधिकारीले सरकारलाई असहयोग गर्दै आएको भन्ने आरोप छ । नेपालको अवस्था श्रीलंकाको जस्तै हुने भन्दै पटकपटक विवादित अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal