आज :

देश छोडेर भागे श्रीलंकाली राष्ट्रपति राजापाक्षे, कहाँ पुगे ? केछ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति देश छाेडेर भागेका छन् । रष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।

राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।

जनताले मनाए खुसियाली!
श्रीलंकामा हज्जारौँ मानिस कोलम्बो शहरको सडमा घुमिरहेका छन् । धेरै मानिसहरु प्रदर्शन गर्नका लागि मुख्य स्थान गल फेस ग्रीनमा जम्मा भएका छन् ।

यहाँ मानिसका लागि एउटा अस्थायी मञ्च राखिएको छ । यदि कसैलाई लाग्छ कि सरकार वा कुनै नेताले विश्वासघात गरेको छ भने उनीहरुले माइक समातेर भाषण दिन सक्छन् । भाषणको बीचमा मानिसहरु सिंहला भाषामा ‘संघर्षको जीत’ को नारा लगाउँछन् ।

कोलेम्बोमा प्रदर्शनको मुख्य स्थानमा बीबीसीले जुम्ल्याहा दिदी बहिनीसँग कुराकानी गरे । रोशीनी र रेशानी समरकुन आफ्ना आमासँग विरोध प्रदर्शनमा भाग लिन दुई दिन अघि मालवा आएका छन् ।

रेशीनी भन्छिन्, ‘मलाई लाग्छ कि उनी (राष्ट्रपति राजपक्षे) एक आतंकवादीजस्तै हुन् । उनले यति लामो समयसम्म देशलाई त्रासमा राखे । त्यसैले उनी यहाँबाट भागेकोमा मलाई असाध्यै खुसी लागेको छ तर श्रीलंकाको स्थितिमा भने दुःखी छु ।’

रेशीनीकी बहिनी रेशानी समरकुनले थपेकी छिन्, ‘हामीलाई आशा छ कि भविष्यमा हामी आर्थिक र सामाजिक रुपमा एक विकसित देख बन्न सक्छौँ ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal