आज :

बामदेवको पार्टीमा ७ उपाध्यक्ष, १५ स्थायी कमिटी सदस्य

  • अनलाइन डबली

काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ ।

पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

पार्टी घोषणासभामा पदाधिकारीको भने उनले घोषणा गरेनन् । यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal