आज :

काठमाडौंमा भेटियो यस्तो खतरनाक रोग, विज्ञप्ति निकाल्दै स्वास्थ्य मन्त्रालयले दियो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंमा दुई जनामा हैजाको विरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार १८ र २३ वर्षका दुवै जना काठमाडौं महानगरपालिका–२८ का एउटै परिवारका सदस्य हुन् । उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले चेतावनी दिएको छ । यस्तै मन्त्रालयले हैजा सम्बन्धि कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

काठमाडौं उपत्यकामा हरेक वर्ष हैजाका विरामीहरु देखिने गरेका छन्। ढल निकास नभएको र पानी पनि अशुद्ध हुने गरेका कारण हैजा फैलदै आएको बिज्ञहरुको भनाइ छ ।

कसरी लाग्छ हैजा ?
सामान्यतया हैजा किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गरेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले दुषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाटसमेत हैजाका जीवाणु सर्ने बताए ।

उनले भने, “काठमाडौं उपत्यकामा नै एक पुरुषमा हैजाको जीवाणु भेटिएको हुँदा अरुमा पनि यसको जोखिम हुनेसक्ने भएकोले खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ ।”

चिकित्सकहरुका अनुसार हैजा भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । “हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि चौलानी पानी जस्तो दिसा आउने, बान्ता हुने र मांशपेशी बाउँडिनेलगायतका लक्षण देखिने हुन्छ,” उनले भने, “जुनसुकै पानी पनि राम्रोसँग उमालेर पिउँदा हैजाबाट बच्न सकिन्छ ।”

हैजा विशेष गरेर पानी पर्ने मौसममा देखिने गरेकोमा यो पटक केही अगाडी नै देखिएको हुँदा यसको जोखिमबाट बच्न समयमा सर्तक रहन डा. पुनको सुझाव छ ।

त्यसैगरी सरसफाईको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएको प्रदुषित खाना वा पानीबाट मानिसमा हैजा सर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal