आज :

संसदमा कोशी सम्झौता रद्दको माग गर्ने मधेशका शाहसी नेता ! 

  • अनलाइन डबली

काठमाडौं । नेपाल-भारतबीच असमान कोशी सम्झौता रद्द गर्न मधेसी नेता नै माग गरेका छन् । अहिलेसम्म मधेसी नेताहरुले संसदमा औपचारिक रुपमा कोशी सम्झौताबारे बोल्ने नेता हुन् विदेश्वर यादव ‘विक्की’ । उनी मधेस प्रदेशका सांसद हुन् ।

विक्कीले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै भारतले सम्झौता बमोजिम काम नगरेका कारण सप्तरीको दक्षिणी भेगका जनता समस्यामा पर्न थालेको बताए । सांसद यादवले सप्तरीको दक्षिणी भेगमा ३२ किलोमिटरसम्म रहेको कोशी पश्चिमी नहरको डिलको सडक जीर्ण बनेको वर्षौ भइसक्दा भारतले बेवास्ता गर्दै आएको छ ।

प्रदेशसभा बोल्दै सांसद यादवले भने, ‘सप्तरीको दक्षिणी क्षेत्रका जनताको प्रमुख सडकको रुपमा यो नहरको डिल रही आएको छ तर बर्षौदेखि जीर्ण छ । सम्झौता अनुसार मर्मत सम्भार गर्ने जिम्मा लिएको भारतले कुनै चासो नै दिएको छैन ।’ उनले बर्षभरि नै हिंडडुल गर्न नै समस्या भइरहेको बताए ।

भारतले ४० बर्षदेखि सडक मर्मत नगरिएको बताउँदै यादवले आफूले पटक–पटक नेपाल सरकारको ध्यानाकर्षण गराएको बताए । त्यस्तै, परराष्ट्र मन्त्रालयमार्फत् भारतीय राजदूतावासको ध्यानआकर्षण गराउँदा पनि चासो नदिएको भन्‍दै उनले सम्झौता नै रद्द गर्न माग गरे । हामीले कहिलेसम्म यो सहेर बस्ने यादवले प्रश्न गरे ।

कोशी सम्झौता अनुसार नेपालले लगानी गरेर सडक मर्मत गर्न नपाइने अवस्था रहेको बताउँदै सांसद यादवले सरकारले सम्झौता रद्द गरेर भएपनि आफ्ना नागरिकको सुरक्षाको लागि सडक निर्माण गर्नु पर्ने बताए ।

भारतको हेपाहा प्रवृतिबारे संसदमा कुरा उठाउन शाहस गरेको भन्दै सांसद यादवको प्रसंशा भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal