आज :

घनश्याम भुसालमाथि कारबाही सिफारिस भएको बिषयमा ईश्वर पोखरेलले मुख खोले

  • अनलाइन डबली

काठमाडौँ। नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारबाही सिफारिस विषयमा पार्टी कमिटीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताए।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए ।

उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफल पश्चात निर्णय लिइने बताए । उनले भने, ‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ । यदि कुनै विषय हो भने कमिटीमा आउँछ । छलफल हुन्छ । कमिटीले निर्णय गर्छ । बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु । पढ्छु । मलाई पनि अचम्म लागेको छ । केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो । बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो । त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी ।’

त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरूलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए ।

पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाइ छ । कोहीपनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal