 
	
काठमाडौँ । युक्रेनलाई हराउँदै वेल्स यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ।
युरोपेली छनोटको प्ले अफको फाइनलमा आत्मघाती गोलको सहायतामा युक्रेनलाई १–० ले स्तब्ध पार्दै वेल्स दोस्रोपटक विश्वकपमा छनोट भएको हो।
यो सँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुँदै इङ्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी बाट विश्वकप खेल्नेछ। वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो।
आइतबार राति भएको खेलमा वेल्सको जितमा एन्ड्रिए योर्मोलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। उनले खेलको ३४ औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए।
कार्डिफमा घरेलु टोलीलाई दवावमा राखे पनि युक्रेनले गोल फर्काउन नसक्दा पराजित हुन पुग्यो।
युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफको सेमिफाइनलमा स्कटल्याण्डलाई ३–१ ले हराएर फाइनलमा पुगेको युक्रेनले त्यही नतिजा दोहोर्याउन नसक्दा विश्वकपमा छनोट हुन असफल भयो।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली




