काठमाडौं । सरकारले जेष्ठ नागरिकले पाउँदै आएको वृद्ध भत्ता पाउन उमेर घटाएको छ । अर्थमन्त्री प्रभाकरले आगामी आर्थिक बर्षको लागि आइतबार सोमाबार बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् ।
हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षदेखि ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि पनि मन्त्री प्रभाकरले जानकारी गराए ।
त्यसैगरी अर्थमन्त्री प्रभाकरले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको जानकारी दिएका छन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ ।
मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थी आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने सरकारले जनाएको छ । त्यसैगरी अर्थमन्त्रीले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।