आज :

काठमाडौँमा बालेनसंग हारेपछि सिर्जना सिंहले फेसबुकमा लेखिन यस्तो स्टाटस, कसलाई के भनिन ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् ।

महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’

उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।

मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ दोस्रो भएकी छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६१७६७ मतका साथ निर्वाचित भएका छन् ।

यस्तो उनको फेसबुक स्टाटस:
बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु ।

विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें l अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु ।

काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु l साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।

निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथिहरु, शुभेक्छुकहरू , संचारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू,सामाजिक संजालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासुआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैब एक निस्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली काँग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वक लागिरहने संकल्पपनि यो घडिमा व्यक्त गर्न चाहन्छु। जय नेपाल !

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal