आज :

ओलीको गृहनगरमा एमालेको दबदबा तोड्ने राम थापा को हुन् ? खुल्यो यस्तो रहस्य

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेको दबदबा रहेको झापाको दमक नगरपालिकामा राप्रपाका ६८ वर्षे राम थापा विजयी बनेका छन् । थापाको विजयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगरमा धक्का लागेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको संयुक्त उम्मेदवार बनेका राम थापाको जितपछि झापामा एमाले समर्थक निराश बनेका छन् ।

उनी २०६१ सालको शाहीकालमा ८ महिना दमक नगरपालिकाको प्रमुख बनेकाे खुलासा भएको छ । पछि थापा दलहरूको संयुक्त जनआन्दोलनपछि पदच्युत भएका थिए । अहिले राप्रपाको प्रदेश १ का अध्यक्षसमेत रहेका थापा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको विपरीत धारका हुन् ।

उनलाई प्रदेश पार्टी अध्यक्षमा हराउनका लागि लिङ्देनले भक्ति सिटौलालाई अघि सारेका थिए । तर सिटौलालाई थापाले पराजित गर्दै पार्टी अध्यक्ष बनेका थिए । थापा लामो समयदेखि स्थानीय र संसदको चुनावमा भाग लिँदै आएका थिए । तर, उनको दोस्रो स्थान मात्रै आउने गरेको थियो ।

यसअघि थापा संसदीय निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका थिए । ओली विजयी हुँदा थापा दोस्रो भए । ०७४ सालको स्थानीय निर्वाचनमा दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा रहँदा पनि थापाले प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसबेला थापा एमालेका रोमनाथ ओलीबाट पराजित बने । तत्कालीन झापा जिल्ला विकास समितिको निर्वाचनमा पनि नेता थापा उप–सभापतिमा १ मतले पराजित भएका थिए । निर्वाचनमा पहिलो बन्ने थापाको इच्छा यस पटक भने पुरा भएको छ । ने

ता थापाले राष्ट्रवादी विद्यार्थी मण्डलबाट २०३५÷०३६ सालदेखि नै भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । संयुक्त जनआन्दोलनपछि बदनाम बनेको राप्रपाको राजनीतिमै अडिएर सोही पार्टीको चुनाव चिन्हबाट दमकको प्रमुख पदमा विजयी हुनु उनका लागि कठिन थियो । तर, यस पटक उनले साकार पारका छन् ।

थापाले एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले शुक्रबार विजयी भए । विजयी थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् ।

झापामा एमालेविरुद्ध महागठबन्धन थियो । देशभर एक्लै चुनाव लड्ने घोषणा राजेन्द्र लिङ्देनले गरिरहँदा थापाले भने प्रदेश १ मा सत्ता गठबन्धनसँग छलफल अगाडि बढाएका थिए । उनले चलाएको उक्त छलफलप्रति पार्टीभित्र केही असन्तुष्टि पनि देखिएको थियो ।

तर, पछि गठबन्धनमा राप्रपाका थापा सहभागी हुँदा उनले मेयर पाए भने काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal