काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीलाई अमेरिकी सैन्य गठबन्धनको अंग बनाउन चाहेको खुलासा गरेका छन् । अध्यक्ष नेपालले आफूहले व्याख्यात्मक घोषणाले त्यसलाई सच्चाएर पारित गरेको बताए ।
शनिबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै नेपालले ओली र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी हुबहु पास गर्न खोजेको समेत बताए । नेपालले संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै नेपालल व्याख्यात्मक घोषणा पनि त्यस्तै बाध्यकारी भएको बताए ।
नेपालले भने “केपी ओलीका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो । हामीले हुन्न भन्यौं । हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्यो र व्याख्यात्मक घोषणासहित पारित भयो ।” उनले संसदले पारित गरेको एमसीसी र व्याख्यात्मक घोषणाले देशलाई दुर्घटनाबाट जोगाएको दावी गरे ।
एक अर्को प्रसंगामा बोल्दै अध्यक्ष नेपालले अबको चुनावमा एमालेलाई धुलो चटाइने बताए । उनले चुनावमा आफ्नो पार्टीले धेरै स्थानीय तहमा जित हासिल गर्ने समेत दाबी गरे ।