काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिसभामा टेबल गर्ने सत्ता गठबन्धनमा सहमति जुटेको छ । गठबन्धनको विहान प्रधानमन्त्री निवासमा बसेको बैठकमा पाँचै दल एमसीसी संसदमा पेश गर्न सहमत भएका हुन् ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी टेबल गर्ने सहमति भएको जानकारी गराए । सहमति आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुने भएको छ ।
गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । नेताहरुका अनुसार एमसीसी संसदमा पेश गर्न नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पास गर्न भने सहमति नदिने बताएका छन् ।
एमसीसी संसदमा अर्थमन्त्रीले गर्नुपर्ने भएपनि अर्थमन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ ले पेश नगर्ने भएकाक छन् । यसअघि प्रधानमन्त्री देउवाले तयारी गर्न दिएको निर्देशनलाई अस्वीकार गरेका मन्त्री प्रभाकरले आफूले एमसीसी टेबल नगर्ने जानकारी गराएका छन् ।
स्वास्थ्य समस्याका कारण देखाउँदै मन्त्री प्रभाकरले एमसीसी टेबल नगर्ने जानकारी प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका छन् । अब एमसीसी संसदीय प्रक्रियामा प्रवेश गर्ने भएको छ । पक्ष विपक्षमा मत विभाजन हुँदा विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरिसकेको छ ।
सरकारले एमसीसी सदनमा पेश गर्ने निर्णय गरेसँगै सडकमा प्रदर्शन गरिरहेका पार्टीहरु र नागरिक समाजवका अगुवाहरुले आन्दोलन शसक्त बनाउने बताएका छन् । उनीहरुले आन्दोलनलाई देशव्यापी बनाउने र नेताहरु तथा सांसदहरुलाई दवाव सिर्जना गर्ने भएका छन् ।
अब सदनबाटै एमसीसी फेल गर्ने माओवादी केन्द्रले प्रयास गर्ने नेताहरुले बताएका छन् । सडक संघर्षमा रहेका नेताकार्यकर्ताहरुलाई माओवादी केन्द्रले स्वतन्त्रता दिएको छ ।
आज वानेश्वरमा विप्लव नेकपासहित ६ पार्टीले विरोध प्रदर्शन गर्दैछन् । शनिबार बसेको बैठकले एमसीसीविरुद्धको आन्दोलन गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका नेताहरुले अब थप आन्दोलनका कार्यक्रम ल्याउने तयारीमा छन् ।