
काठमाडौँ । नेपालस्थित चिनियाँ राजदू त होउ यान्छीले दशैं मनाएकी छन् । चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन् ।
यान्छीले सामाजिक संजालमा दशैंको टिका लगाएको फोटो सार्वजनिक गरेकी छन् । उनले नेपाली सहकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुशी भएकी बताएकी छन् । राजदूत यान्छीले दशैंको अबसरमा सुस्वास्थ्य सुख र उन्नतीको शुभकामना समेत व्यक्त गरेकी छन् ।
भनेकी छन्,– मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।
यान्छीले नेपाली पोशाकमा नेपाली चाडपर्व मनाउने र नेपालीमै नृत्य तथा नेपाली गीत गाएर चर्चामा छन् । राजदूत यान्छीको सामाजिक व्यवहारले नेपालीको मनमा बास्न सफल भएकी छन् ।