
काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुको पार्टी सदस्यता नविरकण नगर्ने भएको छ । एमालेको सोमबार बसेको स्थायी समिति बैठकले साउन २३ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ ।
महासचिव ईश्वर पोखरेलका अनुसार बैठकले सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेभित्र जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइ सक्नुपर्छ । एमालेको अध्यक्ष केपी शर्मा ओली समूहले भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछ ।
आइतबार बसेको स्थायी समिति बैठकले निर्धारित समयमै विधान महाधिवेशन गर्ने र असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि निर्णय पनि गरेको छ । विधान अधिवेशनका सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाएको छ ।
वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरुको पार्टी सदस्यता नविकरण नहुने भएको छ । उनीहरु ओलीसँग पार्टी सदस्यता नविकरणको फारम बुझाउन नजाने र अध्यक्ष ओली समूहले नेपालसहितका नेताहरुको पार्टी सदस्यता नविकरण नभएको भन्दै खारेज गर्ने तयारी गरिरहेको छ ।
अध्यक्ष ओलीले नविकरण नगरेको भन्दै विधान महाधिवेशनमा नेता नेपालसँगै अर्का नेता झलनाथ खनालसहितका नेताहरुको सदस्यता खारेज गर्ने बताइएको छ ।
बैठकमा नेता माधव कुमार नेपाल समूह सहभागी छैन । नेपालको तर्फबाट कार्यदलमा सहभागी नेताहरुले ओलीलाई स्थायी समिति बैठक रोकेर एकताको लागि पहल गर्न प्रस्ताव गरेका थिए । एकताको प्रस्ताव बोकेर बालकोट पुगेका नेता भीम रावलसहितका नेताहरुलाई ओलीले खाली हात फर्काइदिएका थिए ।
दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहेको बेला अध्यक्ष ओली अस्तीमात्रै सार्वजनिक रुपमै नेता नेपाललाई गद्धार, देशद्रो ही भएकोले बताउँदै पार्टीका कुनै स्थान नभएको बताएका थिए । त्यो भन्दा सबैलाई आममाफी दिने घोषणा गरेका ओली पछि फर्केका छन् ।
नेता नेपालले एकताको प्रस्वात गर्ने दोस्रो तहका नेताहरुको कुरा नसुनेर शक्ति सुदृढ गरिरहेका छन् । उनले ओलीले युथ फोर्स गठन गरेपछि अखिल फोर्स गठन गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्षसँग दैनिकजसो छलफल गरिरहेका छन् । उनले सरकारमा जाने चाहना राख्ने सांसदहरुसँग पनि छलफल गरिरहेका छन् । नेता नेपालले ओलीसँग बस्न सम्भव नभएको बताइरहेका छन् ।