
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ । यही साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक साउन ३० गते सार्ने निर्णय स्थायी समिति बैठकले गरेको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अध्यक्षसहितका नेताहरुको कार्य व्यस्तताका कारण बैठक सार्ने निर्णय गरेको बताइएको छ ।
यो बीचमा वडा कमिटि गठन गरेर रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यलाई निर्देशन दिने निर्णय समेत गरेको छ । केन्द्रीय समिति सदस्यलाई आफ्नो जिल्ला र कार्यक्षेत्रमा १० खटिएर वडा कमिटी गठन गर्न समेत माओवादी केन्द्रले भनेको छ ।
बैठकमा मन्त्रिमण्डल विस्तारसहित पछिल्ला राजनीतिक घटनाक्रम र भारतीय सीमा सुरक्षा बलले तुइन काटेको विषयमा छलफल भएको बताइएको छ ।