आज :

एमाले वरिष्ठ नेता खनाललाई थप उपचारको लागि भारत लग्ने तयारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतले लैजाने तयारी भइरहेको छ । स्वास्थ्य समस्या देखिएपछि थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई आजै नयाँदिल्ली लगिंँदै छ ।

खनालको सचिवालयका अनुसार खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । केही समयदेखि अस्वस्थ रहेका खनाल पछिल्लो समय पार्टीभित्रको विवाद र समानान्तर अभ्यासमा पनि सहभागी भएका थिए ।

खनाल र अर्का नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो लिएको भन्दै देशभर समानान्तर संगठन बनाएका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal