आज :

उपप्रधानमन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी, को को मन्त्री भए ? 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहमा सरकारमा सहभागी भएको छ । सरकारमा जाने टुंगो लागेपनि मन्त्रालयमा कुरा नमिलेका कारण ठाकुर समूह सरकारमा सहाभागी हुन ढिला भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच भएको भेटवार्तामा ८ दिने टुंगो लागेको थियो ।

केही दिन पहिला मात्रै संसदीय दलका नेता भएका राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने टुंगो पनि लागेको छ ।

जसपाका एक नेताका अनुसार महतो उपप्रधान तथा शहरी विकास मन्त्री, भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई, झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद, चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, जसपाले दुई चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने भएका छन् ।

सबै मन्त्रीले .केही बेरमा शपथ कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal