आज :

जातीयताको तगारोका कारण अलगिनु परेको वियोगान्त प्रेम कथामा उदयको ‘किन माया लाउँछ’

काठमाण्डौ । धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत “किन माया लाउँछ” भर्खरै बजारमा आएको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजारमा जन्मिएका उनि हाल अमेरिकामा रहेका छन् । गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नभई रहंदा पनि यस क्षेत्रको सम्वृद्धिका लागि उदय जुर्मुराई रहेका छन् ।

“किन माया लाउँछ” बोलको यस गितमा स्वर खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने लय शब्द उदय भट्टराईको नै रहेको छ । एक प्रेमी जोडीको सम्बन्धमा जातियताको कारण समाजको तगारो उत्पन्न भएपछी अलग रहनु पर्दाको वियोगान्त भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा ओ.बि रायामाझि रोशनि कार्कि र इश्वर बि.क  को अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिनोद भण्छाडारीले गरेका हुन्यं भने छायांकन करन चैंसिर र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

गीतको सर्वधिकार गोल्डेल क्रिएसन संग रहेको छ । अहिले यस गीतको म्युजिक भिडियोलाई उदय भट्टराई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस गीतका सर्जक उदय भट्टराई, गत दिनहरुका सिर्जना जस्तै यस सामाजिक यथार्थता संग रुमलिएको सिर्जना पनि उत्तिकै माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । उनी अझै थप्छन्, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बिकृति र विसंगति रहित बनाउनका लागि मौलिक सिर्जनालाई प्रमुख प्राथामिकता दिन आम संगीत पराखी श्रोता तथा दर्शकहरुमा अनुरोध गर्दछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal