काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी ललितपुर सेक्रेटरी सावित्री अधिकारी रिहा भएकी छन् । विप्लव नेतृत्वको नेकपाकी नेतृ अधिकारी सर्वोच्च अदालतको आदेशमा आइतबार रिहा भएकी हुन् ।
पार्टीको कामको सिलसिलामा अधिकारीलाई प्रहरीले ७३ दिन पहिला गि रफ्तार गरको थियो । प्रहरीले अधिकारीलाई लगाएका सबै मुद्दा पुष्टि नभएको भन्दै अदालतले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो । रिहा भएलगत्तै प्रहरीले अदालतले परिसरबाट पुनः गि रफ्तार गर्दै आएको थियो ।
पुनः गि रफ्तार गरे अदालतको मानहानीको मुद्दा लगाउने चेतावनीसहित सर्वोच्चले पाँचौं पटक दिएको आदेशमा अधिकारीलाई रिहा भएकी हुन् ।