काठमाडौँ । २३ राजनीतिक संगठनको कार्यगत एकताले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको ठहर गरेको छ । सोमबार मोर्चाले एक विज्ञप्ति जारी गरे संसद भंग गर्ने निर्णयप्रति गम्भीर रुपमा ध्यान आकर्षित भएको बताएको छ ।
मोर्चाको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञिप्तिमा संसद भंग गर्ने निर्णय प्रतिगामी भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेका छ । विरोधका कार्यक्रम पछि सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।
र्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।