काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा नेता दलजित श्रीपाइलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली पतनको दिशमा भएको बताएका छन् । नेता श्रीपाइलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएसँगै राष्ट्रपति र प्रधानमन्त्री पतनको दिशमा भएको स्पष्ट भएको बताए ।
अध्यदेश ल्याउनु असंवैधानिक बाटो भएको बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीकाे सत्ता स्वार्थकाे पराकाष्ठा भएको बताए । ”राष्ट्रपति र प्रधानमन्त्रीकाे सत्ता स्वार्थकाे पराकाष्ठा -संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी” श्रीपाइलीले सामाजिक संजालमा लेखेका छन् ।
नेता श्रीपाइलीले अनलाइन डबलीसँग कुरा गर्दै अध्यादेश नेपालकाे संविधान २०७२ को मूल्य मान्यता र भावनाविपरित, असंवैधानिक, परिवर्तनविरोधी र कुनियतकापूर्ण भएकाे बताउँदै तुरुन्त खारेज गर्न माग समेत गरेका छन् ।
संसद छलेर ल्याएको अध्यादेशलाई आजबाट बस्ने पार्टीको स्थायी समिति बैठकले खारेज गर्ने दाबी समेत श्रीपाइलीले गरे । ” संसद छलेर प्रधानमन्त्रीज्यूले असंवैधानिक बाटाे राेजेर राष्ट्रपतिलाई प्रयाेग गरि जुन अध्यादेश ल्याउनुभएको छ,यसको सर्वत्र विराेध भइरहेको छ । स्थायी कमिटी बैठकले खारेज गर्न निर्देशन दिनेछ” श्रीपाइलीले भने ।
पूर्वमन्त्री समेत रहेका (नेकपा) केन्द्रीय सदस्य श्रीपाइलीले अध्यादेश जनयुद्ध-जनआन्दोलन र मधेश आन्दोलनको मर्म र भावना विपरित भएको बताएका छन् उनले अगाडि भने, ”अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतकापूर्ण छ। जनयुद्ध -जनआन्दोलन र मधेश आन्दोलनको मर्म र भावना विपरित छ। त्यसैले जारी अध्यादेश तुरुन्त खारेज गर्नुपर्छ ।”
उत्पिडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायकाे संघर्षबाट प्राप्त अधिकार खाेस्नतिरै उदत्त रहेको र कम्युनिस्टको बदनाम गराउनुको साथै विद्यामान व्यावस्थालाई नै संकटमा धकेल्ने कदम भएको बताउँदै श्रीपाइलीले जारी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् ।
मंगलबार विहान आह्वान गरिएको संवैधानिक परिषद बैठकमा कोरम नपुगेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेका थिए । यद्यपी केही मन्त्रीहरुले अध्यादेश ल्याउनबारे आफूहरुलाई जानकारी नभएको बताउँदै राष्ट्रपतिले जारी गरेपछि जानकारी पाएको बताएका छन् ।
परिषद्का अध्यक्षसहित तीन जना उपस्थित भए बैठक बसाल्न सक्ने गरी अध्यादेश जारी गरिएको छ । सोहीअनुसार संवैधानिक परिषद्को बैठक मंगलबार साँझ बसेको छ । बैठकमा परिषद् अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए । संवैधानिक निकायमा रिक्त ४५ पद पूर्तीको लागि मंगलबार छलफल भएको केही नाम टुंगो समेत लागिसकेको छ । बुधबार थप नामको टुंगो लगाएर सार्वजनिक गर्ने बताइएको छ ।