 
	
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शिक्षक राजेन्द्र श्रेष्ठको मृत्युको जिम्मा लिएको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता- कार्यकर्तालाई सुराकी गरेर गिर फ्तार गराउँदै आएको र हतियार लिएर आ क्रमण गर्न आउँदा प्रतिकार गर्दा मृ.त्यु भएको बताएको छ । मंगलबार विहान मोरङको मिक्लाजुङ १ का श्रेष्ठको मृत्यु भएको सार्वजनिक भएको थियो ।
नेकपाका मेची-कोसी ब्युरोका इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर शिक्षक श्रेष्ठको मृत्युको जिम्मा लिँदै लामो समयदेखि पार्टीविरुद्ध सुराकी गरेर नेता–कार्यकर्तालाई गि रफ्तार गराउँदै आएको र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै ह तियार लिएर आ क्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृ.त्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’
शिक्षक श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गर्न लगाएको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएको, २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र विज्ञान राईलाई गिर फ्तार गराएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी श्रेष्ठले जनताको घरघरमा प्रहरी पठाएर नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भन्दै आतङ्कित पार्दै आएको समेत आएको र २०७७ साल साउनदेखि नै पटकपटक पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेको नेकपाले दाबी गरेको छ । मंगलबार विहान पनि सम्झाउन जाँदा पनि श्रेष्ठ हतियार लिएर आ क्रमण गर्न आइलागेको विज्ञप्तिमा प्रतापले बताए ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          







