आज :

भारी वर्षाले कर्णालीका छ जिल्लाका सडकहरू अवरुद्ध

  • अनलाइन डबली

हेमन्त केसी- 

सुर्खेत । लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खस्दा कालिकोट, सल्यान, हुम्ला , जाजरकोट ,जुम्ला र मुगुका सडक खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला मा पर्ने कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । यस्तै सल्यानको कपुरकोट गाउँपालिका–१ स्थित खारखोला , ३ र ४ मा रहेको अरिङ गाले , पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ । जुम्लाको तातोपानी गाउँपालिका १ राका कर्णाली करिडोरको जुम्ला नाग्मा सडक खण्ड अवरुद्ध भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो तथा सडकमा लेदो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ र ८ पिना देखि ताल्चामा पनि पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । यो पनि कर्णाली करिडोर नै हो ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा सडकमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal