आज :

नेपालमा २ लाख २८ हजार बढीले कोरोना जितेर सामान्य जीवनमा फर्किए

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २८ हजार बढी पुगेको छ । पछिल्ला दिनमा संक्रमणदर भन्दा निको हुनेको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउँसोसम्म देशभरका विभिन्न आइसोलेशन तथा अस्पताल र होम आइसोलेसन सेन्टरबाट थप १६ सय २८ जनालाई डिस्चार्ज गरिएको थियो । योसँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २७ हजार ४३३ पुगेको मन्त्रालयले जनाएको छ ।

२ लाख २७ हजार ४३३ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । मंगलबार विहानसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या २ लाख २८ हजार नाघेको बताइएको छ । तर स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

त्यसैगरी कोरोनाबाट गुमाउनेको संख्या १६ सय नाघेको छ । सोमबार थप २० जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट १ हजार ६१४ जनाको निधन भएको थियो । गएराति थप व्यक्तिको निधन भएको छ ।

सोमबार थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । सोमबारसम्म नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा लगातार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । मन्त्रालयका अनुसार अब सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ जना रहेका छन् । सबैभन्दा धेरै काठमाडौंमा रहेको बताइएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal