काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मत गणनामा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनको अग्रता कायमै छ । ५० मध्ये ४० राज्यको मत गणना सकिएको छ । अब निर्णयक मानिएका केही राज्यसहित १० वटाको परिणाम आउन बाँकी छ ।
४० राज्यको मतगणना सकिँदा बाइडेनले २२० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१३ भोट पाएका छन् । मत गणनाको सुरुदेखि अग्रता लिइरहेका बाइडेनले ४० राज्यको मत गणना सकिँदासम्म पनि कायमै राखेका छन् ।
कोरोना कहरबीच दशकै सबैभन्दा बढी मतदान भएको चुनावको मत गणना जारी छ । केही राज्यहरुमा ट्रम्प र केहीमा बाइडेनले अग्रता लिएका छन् । पछिल्लो नतिजाअनुसार बाइडेनले ९८ इलोक्टोरल भोट पाउँदा ट्रम्प भने ९५ भोट पाएका छन् । पछिल्लो परिणामले ट्रम्प अगाडि बढ्ने देखाएको छ । विजयी हुन २७० इलेक्टोरल मत चाहिने भएकोले को विजयी हुन्छ अहिले नै भन्न सकिदैन ।
बीबीसीका अनुसार धेरै राज्यमा मतदान सकिएको छ र तिनमा गणना जारी छ। तर पश्चिम अमेरिकामा मतदान भइरहेको छ। यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन्
इन्डिआना र टेनसीसहितका राज्यमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी हुने प्रक्षेपण गरिएको छ । जो बाइडनले म्यासचूसिट्स र न्यूजर्सी राज्यमा जित्ने तर फ्लोरिडामा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सन् १९९२ को निर्वाचनमा पदासीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुश पराजित भएका थिए ।
राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ। तर कडा प्रतिस्पर्धा हुने विभिन्न ‘ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ । यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन् ।
मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति असन्तुष्टि व्यक्त गरेको देखाउँछ ।
अमेरिकी राजनीतिक प्रणालीमाथि मात्र दुईवटा पार्टी हावी छन्। हरेक चार वर्षमा चुनाव हुन्छ, १८ वर्ष र सोभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन्।
दुवै उम्मेदवार इलेक्टोरल कलेजको मत पाउन प्रतिस्पर्धा गर्छन् जुन हरेक राज्यको जनसङ्ख्याको आधारमा निर्धारित हुन्छ। जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ।
हामीले समाचार पोष्ट गर्दैगर्दा थप परिणाम आएको छ । जसमा बाइडेन ११८ भोट पाएका छन् भने ट्रम्पले १०५ भोट पाएका छन् ।