काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इस्टिच्युट अफ डेन्टल साइन्सले आफ्ना सबै कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गराएको छ । सबै कर्मचारीको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
हिमाल डेन्टल हस्पिटलले कोरोना कहरबीच पनि सेवा दिँदै आएको छ । अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारी कसैलाई पनि कुनै लक्षण देखिएको थिएन तर नियमित डिउटीमा खटिएका कारण सबैको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको बताइएको छ ।
अस्पतालका अध्यक्ष राजेन्द्र भट्टले सबै कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको बताउँदै बधाई समेत दिएका छन् । देशभर शाखा संजाल भएको अस्पतालले शल्यक्रियालगायतका सबै सेवालाई नियमित गर्दै गएको छ ।