काठमाण्डौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ६९६,भक्तपुरमा २९ र ललितपुरमा ११८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै आजसम्म कोरोना निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।
आज थप ११ जनाको ज्यान गएको छ। यो सहित हालसम्म कोरोनाबाट कुल संख्या ८८७ ज्यान गुमाएको छ।
आज बागमति प्रदेशमा सबैभन्दा धेरै १ हजार ६३ जना संक्रमित थपिएका छन् । त्यसपछि प्रदेश १ मा ५७२, प्रदेश २ मा ८७, गण्डकी प्रदेशमा १९१, लुम्बिनीमा २२, कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबिच सरकारले नियामित गर्दै आएको कोरोना समबन्धि प्रेश ब्रिफिङ अब दैनिक रुपमा नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अबदेखि साताको दुई पटक कोरोनाबारेको मिडिया ब्रिफिङ हुने बताएका छन् ।डा गौतमले अब आइतबार र बुधबार कोरोना बारेको मिडिया ब्रिफिङ हुने बताएका छन् ।
हरेक दिनको आँकडा अपडेट भने स्वास्थ्य मन्त्रालयको वेभसाइट र अन्य माध्यममा हरेक दिन साढे ४ बजे हुने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।