काठमाडौँ । नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमै सिमित हुने विश्व बैंकको अनुमान गरेको छ । विश्व बैँक्ले दक्षिण एसिया स्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले लकडाउनले थला परेको अर्थतन्त्र माथि उठ्न अझै समय लाग्ने विश्लेषण सार्वजनिक गरेको छ ।
बैँक्ले नेपालको आधा उद्दम र रोजगारी अनौपचारिक रहेको र लकडाउनको ठूलो प्रभाव मध्यामबर्ग परेको निष्र्कष निकाल्दै सहरी अनौपचारिक क्षेत्रका कामदारहरू र सहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा परेको बताएको छ । अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको र थप मान्छे गरिबीमा धकेलिने बैंकले जनाएको छ।
यो बिचमा महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएको छ । यसअघि एसियाली विकास बैंकले गएको वर्ष २.३ प्रतिशत बृद्धिदर भएको र यो वर्ष १.६ प्रतिशतले बढ्ने अनुमान गरेको थियो।
तर कोरोना माहामारीको निरन्तर असर तथा अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने बैँक्ले बताएको छ ।
हाल सम्म नियन्त्रण हुन नसकेको महामारीले दक्षिण एसियाकै अर्थत्न मन्दीमा फसेको बैंकको निष्कर्ष छ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          




