काठमान्डौं । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बोल्दै मन्त्रालयको प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ कोरोना संक्रमित थपिएका बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको हो । हाल सम्म उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण भएकाे पुष्टि गरेकाे छन् ।त्यस्तै थप ५ जनाको ज्यान गएको छ । यो सगै हाल सम्म ३२२ जनाको कोरोनाबाट ज्यान गईसकेको छ ।
त्यस्तै प्रबक्ता डा. गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४९२५ छ । ८२९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६६३४ होम आइसोलेसनमा रहेको छन् ।
आज आज थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका जानकारी दिएको छन । आजको सहित हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएर घर फर्किएको छन् ।