आज :

विप्लवको निर्देशनपछि नेकपाका नेता-कार्यकर्ता बाढीपहिरो पीडितको उद्दार-राहतमा

सुर्खेत । जाजरकोटमा नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ । विप्लव नेतृत्वको नेकपाले जाजरकोटको बारेकोट गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत बितरण गरेको छ ।

पार्टी महासचिव विप्लवले बाढीपहिरो पीडितका उद्दार राहत तथा सेवामा जुट्न दिएको निर्देशन बमोजिम जिल्लाका बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गर्नुको साथै नेकपाका नेता कार्यकर्ता सेवामा जुटेका छन् ।

नेकपा जाजरकोटले दिएको जानकारीअनुसार पहिरोमा परी ज्यान गुमाएका परिवार, पूर्ण रुपमा घर क्षति भएका ३ परिवार र विस्थापित ४७ घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ । बाँकीलाई पनि दिने तयारी भइरहेको बताइएको छ । असार २५ गते बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको ज्यान गएको थियो भने १ हजार ५५ घरपरिवारका ६ हजार पाँच सय जना विस्थापित भएका थिए । पहिरोबाट ५४ घर भत्किएका छन् भने ४ सय ७७ उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

त्यसअघि नेकपाले बझाङको बाढीपहिरो पीडितहरुलाई राहत वितरण गर्नुको साथै उद्दारमा सहयोग गरेको थियो । नेकपा बाजुराले पीडित तथा विस्थापित परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो । त्यस्तै नेकपा नवलपुरले वर्षाले गर्दा पहिरोका कारण पहिरो र अवरुद्ध सडक पन्छाएको थियो । विभिन्न जिल्लाहरुमात नेकपाले विस्थापितलाई राहत गरिरहेको छ ।

नवलपुरमा नेकपाका नेता कार्यकर्ताहरु कोदालो-गैटी र बेल्चा बोकेर जिल्लाको हुप्सिकोट गाउँपालिकालगायतमा अवरुद्ध सडक संचालनमा ल्याएका थिए । त्यस्तै कास्की-स्याङजा, म्याग्दीसहित बाढी र पहिरो प्रभावित जिल्लाहरुमा नेकपाका कार्यकर्ताहरु राहत सामाग्री बोकेर घर-आगनमा पुगिरहेका छन् ।

नेकपा म्याग्दी इन्चार्ज दिपाले विज्ञप्ति जारी गरेरै जिल्लाका सबै नेता कार्यकर्तालाई उद्दार तथा राहतमा जुट्न भनेकी थिइन् । म्यादीका विभिन्न ठाउँ गएको पहिरोले ठूलो जनधनको क्षति भएको थियो ।

नेकपाले असार ३० गते विज्ञप्ति जारी गरेर बाढीपहिरो पीडितको उद्दार तथा राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको थियो । पार्टीका प्रवक्ता प्रकाण्डले राज्यको अस्तव्यस्ताताका कारण वर्षेनी बाढीपहिरोबाट क्षति हुँदै आएको बताएका थिए । उनले पीडितको उद्दार, राहत र सेवामा जुट्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिँदै ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्र द्धाञ्जली, परिवारमा समवेदन र घाइतेको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal