आज :

कोरोनाबीच आजबाट बजेट अधिवेशन सुरु, पत्रकारले कलम र डायरी लिन नपाउने

काठमाडौं । आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । सामाजिक दूरी कायम गरी सांसहरुलाई बस्ने व्यवस्था गरिएको छ ।

नयाँवानेश्वरस्थित संसद बैठकमा सुरु हुने अधिवेशनमा कोरोना परीक्षण नगरिएका सांसदहरुलाई प्रवेश गर्न नदिइने भएको छ । त्यसैगरी सांसदहरुलाई सहयोगी नल्याउन समेत संसद सचिवालयले जानकारी गराएको छ ।

सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ । यसका लागि विहीबार दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।

जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध लगाइएकको संसद सचिवालयले सूचना निकाली जनाएको छ । पत्रकारलाई कलम र डायरी लिन नदिनु संसदमा हुने गतिविधिलाई जनताबीच पुर्याउन नदिने कदमको रुपमा लिइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनै पर्ने हुन्छ । त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्नु पर्ने सरकारलाई बाध्यता छ । बुधाबार बसेको मन्त्रिपरिषद् बैठकले पनि संसद र समितिका बैठकहरु बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal