काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । विभिन्न गरिएका अडकलबाजी गरिएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेपछि बैठक सहज रुपमा सकिएको छ । ओलीले आफ्नो कार्यशैलीबारे उठाइएका प्रश्नलाई स्वीकार गर्दै आत्मालोचना गरेका हुन् ।
सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीलाई जानकारी दिए ।
त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय पनि गरेको छ । वरिष्ठ नेता माधव कुमार नेपालले तेस्रो अध्यक्ष बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए ।
“पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ” बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार यही बैशाख २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । अध्यादेश ल्याउने र सरकार संचलानमा मनपरी गरेको भन्दै बैठकमा नेताहरुले कडा रुपमा प्रस्तुत भएपछि ओली गल्ती स्वीकार गर्दै सचिवलाय बैठक बोलाउन तयार भएका थिए ।
प्रधानमन्त्री ओली यसरी आत्मालोचना गर्न पहिलो पटक तयार भएको नेताहरुले बताएका छन् ।